प्रभु इन्स्योरेन्सले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु इन्स्योरेन्सले लाभांश दिने



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लगानीकर्तालाई १९ दशमलव २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ता उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले चुक्ता पुँजीको १९ दशमलव २० प्रतिशतले हुन आउने ११ करोड ८ लाख ८४ हजार ५३९ रुपैयाँको बोनस शेयर र  कर प्रयोजनका लागि ५८ लाख ३६ हजार २८ रुपैयाँ नगद लाभांश दिन लागेको  जानकारी नेप्सेले दिएको छ । लगानीकर्ताले भने नियामक निकायको स्वीकृत र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै साे लाभांश पाउने छन् ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार १३:३१