३ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३ दशमलव ८९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव ८९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएको छ। आज कारोबारमा आएका १५८ कमपनीको १० लाख १७ हजार ५ सय ५८ कित्ता सेयरबाट ५४ करोड २४ लाख ४४ हजार ७ सय ९० रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २१ दशमलव १२ अंकले ओरालो लागेको छ। आज होटल समुह ७ दशमलव ४९ अंकले, विकास बैँक समुह ६ दशमलव ८४ अंकले, बैँक समुह ५ दशमलव ७२ अंकले र जलविधुत समुह ४ दशमलव ०५ अंकले ओरालो लागेको छ।
आज ट्रेडिड. समुह , फाइनान्स समुह र अन्य समुह भने उकालो लागेको छ। आज टे«डिड. समुह २२ दशमलव ८ अंकले, अन्य समुह ६ दशमलव ३६ अंकले र फाइनान्स समुह १ दशमलव १५ अंकले उकालो लागेको छ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार १५:१७