ओम डेभलपमेन्ट बैंकको असोज २३ देखि ३०% हकप्रद आँउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओम डेभलपमेन्ट बैंकको असोज २३ देखि ३०% हकप्रद आँउदै



काठमाडौं । ओम डेभलपमेन्ट बैंकले असोज २३ गतेदेखि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले १० बराबर ३काे अनुपातमा  सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको ४९ लाख ३१ हजार ८३५ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर कात्तिक २६ गतेसम्म भर्न पाइनेछ । राष्ट्रियस्तरको विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन पर्ने भएकाले ओमले हकप्रदको बाटो रोजेको हो ।                                                                                                                                                                                                                                                पुँजी वृद्धिकै लागि ओम र मनास्लु विकास बैंक एक आपसमा गाभिएर असार २ गतेदेखि एकीकृत कारोबार पनि सुरु भइसकेको छ । मनास्लु गाभिएपछि ओमको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार ७९५ रुपैयाँ पुगेको छ । बैंकले यही चुक्ता पुँजीको ३०प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद निष्कासनपछि ओमको चुक्ता पुँजी २ अर्ब १३ करोड ७१ लाख २८ हजार ३०० रुपैयाँ हुनेछ । ओमको यो हकप्रदमा भदौ २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं र ओमको केन्द्रीय कार्यालय पोखरालगायत अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगंज, नेपालगंज, इटहरी र धनगढी शाखाबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार १५:०६