आठ अर्ब पुर्याउन ५ वर्षको समय बैंकर्सको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आठ अर्ब पुर्याउन ५ वर्षको समय बैंकर्सको माग



काठमाडौं । मौद्रिक नीति सार्वजानिक भएको एकसाता पछि आज बैंकर्सले त्यस माथि औपचारिक सुझाव सहितको दस्तावेज तयार पारेको छ ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले दुई वर्षमा ८ अर्ब चुक्ता पूँजी पुर्याउने समयावधि कम भएको बताएका छन् । औपचारिक रुपमा नै विहिबार गर्भनरलाई भेटी सुझाव पेस गर्न लागेको संघले ८ अर्ब चुक्ता पूँजी पुर्याउन कम्तीमा पनि पाँच वर्ष लाग्ने बताएको छ ।

यसअघि पत्रकार सम्मेलन गरेर आफ्ना असहमती जनाउँदै आएको संघले पूँजी वृद्धि लगायतका विषयमा अलमलमा परेकाले निकै ढिला गरेर सुझाव पेस गर्ने भएका हुन् । संघले पूँजी वृद्धिमा जानेमा नेपाल राष्ट्र बैंकले सोच्नु पर्ने भन्दै यदि त्यसो हुन नसके समयावधि बढाउनु पर्ने बताइएको छ । पूँजी बृद्धि योजना मर्जर नीतिलाई सफल बनाउन दवावपूर्वक ल्याइएको भन्दै जर्बजस्त रुपमा आएको मर्जर सफल हुन नसक्ने तर्फपनि राष्ट्र बैंकको ध्यान आकृष्ट गराउने बताइएको छ । देश संघीय मोडेलमा जाने निश्चित प्रायः भइसकेको  अवस्थामा पुँजी तोकिनु गलत रहेको बैंकरको  भनाई छ । त्यस्तै सबै कार्डहरुलाई चिप प्रविधिमा लैजान थप समय लाग्ने भन्दै संघले २०७३ असोजसम्मको समय दिनु पर्ने बताएको छ ।

प्रकाशित : १३ श्रावण २०७२, बुधबार १४:५२