कैलाश विकास बैंकले १० प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कैलाश विकास बैंकले १० प्रतिशत बोनस शेयर दिने



काठमाडौं । कैलाश विकास बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल २ अर्ब २९ करोड १४ लाख ८७ हजार २०० रुपैयाँ चुक्तापूँजी रहेको बैंकले लगानीकर्ता चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र ९ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृत र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा २२ करोड १२ लाख रुपैयाँ आर्जन गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ५३ दशमलव ४५ प्रतिशतले वृद्धि हो ।

प्रकाशित : ८ आश्विन २०७४, आईतवार १२:४४