साना किसान विकास बैंकले २५ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साना किसान विकास बैंकले २५ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । साना किसान विकास बैंकले २५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले आव २०७३/७४ को मुनाफाबाट चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ५७ लाख ६५ हजार ५८५ रुपैयाँ ९४ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनका लागि चुक्तापूँजीको १ दशमलव ३१६ प्रतिशतले हुन आउने ६४ लाख ८४ हजार ८२७ रुपैयाँ ३१ पैसा नगद लाभांश दिन लागेको हो ।
उक्त लाभांश कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको ३०१ औं बैठकले प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकायको स्वीकृत र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

प्रकाशित : ८ आश्विन २०७४, आईतवार १३:३६