चिनी उद्योगीले किसानलाई क्विन्टलको ३८० रुपैयाँभन्दा बढी नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चिनी उद्योगीले किसानलाई क्विन्टलको ३८० रुपैयाँभन्दा बढी नदिने



काठमाडौं । नेपाल चिनी उद्योग संघले क्रसिङ सिजनका लागि उखुको अधिकतम मूल्य प्रतिक्विन्टल ३ सय ८० रुपैयाँ मात्रै कृषकलाई दिन सक्ने जनाएको छ ।

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले तोकेको प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ कुनै पनि हालतमा भुक्तानी गर्न नसक्ने जनाएको हो । सरकारले एकतर्फी रुपमा मूल्य तोकेको भन्दै संघले सरकारको निर्णय मान्य नहुने जनाएको छ । संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले एकतर्फी रुपमा उखुको मूल्य निर्धारण गरेको आरोप लगाउँदै त्यो मान्य नहुने बताए । सरकारको निर्णयले चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको संघको भनाइ छ ।

कृषकले भने ४ सय ७५ रुपैयाँ लागत पर्ने भन्दै सोहीअनुसार मूल्य निर्धारण गरिनुपर्ने माग गर्दै आएका छन् । संघले सरकारले समयमै समस्या समाधन नगरे सबै चिनी उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।

संघले चिनी उद्योगबाट उत्पादित विद्युत राज्यले खरिद गरिदिनुपर्ने, चिनीको तिब्बती निकासी खुला गर्नुपर्ने र चिनी आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्नेजस्ता माग पनि अघि सारेको छ ।

प्रकाशित : १३ श्रावण २०७२, बुधबार १४:५९