लगानी बोर्डमार्फत् ६ खर्ब रुपैयाँ वैदेशिक लगानी भित्रियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लगानी बोर्डमार्फत् ६ खर्ब रुपैयाँ वैदेशिक लगानी भित्रियो



काठमाडौं । ठूला परियोजनामा वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने उद्देश्यले स्थापना गरिएको लगानी बोर्डमार्फत् हालसम्म ६ खर्ब रुपैयाँ लगानी भित्रिएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डमार्फत् संख्यात्मकरुपमा थोरै परियोजना अगाडि बढेपनि ६ खर्ब लगानी भित्रिएको बताए ।

बोर्डले यस वर्ष काठमाडौं मेट्रो, क्यामिकल फर्टिलाइजर, तामाकोसी तेस्रोलगायत परियोजना अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् अघि बढाउने तयारी गरिरहेको उनले जानकारी दिए । यस वर्ष १० ओटा नयाँ परियोजनाको सम्भाव्यता अध्ययन गर्ने बोर्डले जनाएको छ ।

प्रकाशित : १० आश्विन २०७४, मंगलवार २०:४२