दशैं विदामा पनि बैंकहरुले सेवा दिने, कुन-कुन खुल्दैछन् बैंक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दशैं विदामा पनि बैंकहरुले सेवा दिने, कुन-कुन खुल्दैछन् बैंक ?



काठमाडौं । बडादशैंको बिदामा बन्द रहने बैंकहरुले यसपाली भने सेवा प्रदान गर्ने भएका छन ।

बैंकहरुले आफ्ना शाखा कार्यालय, काउन्टर र कति समयसम्म सेवा दिने हो त्यसको समयसमेत खुलाएर सार्वजानिक सूचना नै प्रकाशित गरेका छन् । १७ वटा वाणिज्य बैंकले दशैं विदामा बैंकिङ सेवा दिने जनाएका छन् ।

नेपाल राष्ट्र बैंकले दशैं विदामा पनि बैंक तथा वित्तीय संस्थालाई काउन्टर खुला गर्न निर्देशन दिएको थियो ।

राजश्व प्रयोजनको चेक क्लियरिङका लागि बैंक खोल्न राष्ट्रबैंकले निर्देशन दिए पनि सर्वसाधारणले समेत कारोबारको अवसर प्रदान गर्न लागिएको हो ।

यो वर्ष असोज ११, १२, १३, १४, १५, १६ दसैंको विदा परेको छ । विदाका दिनहरुमा पनि बैंकहरुले तोकेका शाखामा गएर सर्वसाधारणले बैंकिङ कारोबार गर्न सक्नेछन् ।

सबैभन्दा धेरै कृषि विकास बैंकका तीस स्थानबाट सेवा सुचारु राख्ने भएको छ । अन्य बाणिज्य बैंक तथा विकास बैंकहरुले पनि आफ्नो केहि शाखा कार्यालयबाट बैंकिङ सेवा दिने भएका छन् ।

खुल्ने बैंकहरु
एनआर्इसी एशिया बैंक
सानिमा बैंक
ग्लोबल आइएमर्इ बैंक
माछापुच्छ्रे बैंक
कृषि विकास बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक
बैंक अफ काठमाण्डू
नबिल बैंकले
एनबी बैंक

प्रकाशित : ११ आश्विन २०७४, बुधबार १५:५३