व्यवसायी सरावगी वीरगन्ज महानगरको मेयरमा विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

व्यवसायी सरावगी वीरगन्ज महानगरको मेयरमा विजयी



काठमाडौं । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरम नेपालका विजय कुमार सरावगी मेयरमा विजयी भएका छन् ।

ब्यापारिक घरानामा जन्मिएका विजयी सरावगी सफल उद्योगी ब्यवसायी हुन् । उनी उद्योग वाणिज्य संघको अध्यक्ष समेत बनेका थिए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् ।

वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए ।

मेयरमा विजय सराबगी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।

चिरञ्जीवी लाल सरावगीका छोरा विजय बुवासँगै ब्यवसायमा सानै उमेरदेखि लागेका थिए ।

बुवा चिरञ्जीवी सरावगी लायन्स क्लबको गभर्नर हुँदा विजय पनि लायन्स क्लबमा संलग्न भै समाजिक कार्यमा लागेका थिए ।

प्रकाशित : ११ आश्विन २०७४, बुधबार १७:०८