बहुप्रतिक्षित विन्डाेज १० अाजदेखि उपलब्ध, यस्ता छन् विशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बहुप्रतिक्षित विन्डाेज १० अाजदेखि उपलब्ध, यस्ता छन् विशेषता



माइक्रोसफ्ट कम्पनीले आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० सार्वजनिक गरेको छ। लामो समयदेखि चर्चामा रहेको र बहुप्रतिक्षित विन्डोज १० मा  करोडौं विन्डोज प्रयोगकर्ताहरुले यो नयाँ अपरेटिङ सिस्टमलमई डाउनलोड गर्ने छन् भनी कम्पनीले ठुलो आशा बाकेकोे छ। विन्डोज १० सबैभन्दा पहिले कम्प्युटर त्यसपछि ट्याबलेट र अन्त्यमा स्मार्टफोनको लागि उपलब्ध हुनेछ।
विन्डोज ७, ८ र ८.१ प्रयोगकर्ताहरुका लागि आजका दिनदेखि १ वर्षसम्मका लागि निःशुल्क अपग्रेड गर्ने सुविधा दिइएको छ। विश्वभरीका १९० देशमा यो सुविधा दिइएको बताइएको छ।
के छन् त विन्डोज १० का खास विशेषताहरुः
कोर्टाना
विन्डोज १० को निकै प्रचलित विशेषता मध्ये एक हो कोर्टाना। यो एक पर्सनल भ्वाइस असिस्टेन्ट सुविधा हो। यो सुविधा विन्डोज फोन प्रयोगकर्ताहरुले पहिले नै पाइसकेका छन्। यस सुविधामा भ्वाइस कमान्डका मदतले प्रयोगकर्ताहरु आफ्नो कम्प्युटरलाई चलाउन सक्नेछन्। कोर्टाना गुगलको गुगल नाओ र एप्पलको सिरीको प्रतिस्पर्धी रहेको छ।
बायोमेट्रिक्स फीचर
विन्डोज १० ले सबै डिभाइसहरुमा बायोमेट्रिक फीचर सापोर्ट गर्नेछ। फेसियल रेकोग्निशन, आइरीस स्क्यानर, फिङ्गरपिन्ट स्क्यानर आदीले लग इन सम्भव छ। यसमा प्रयोगकर्ताको शरीरका अङ्गहरु ९आँखा, अनुहार र औँला० को स्क्यान हुनेछ र यसैको सहायताले प्रयोगकर्ताहरु लग इन गर्न सक्नेछन्।
स्मार्ट स्क्रिन
यस विशेषताको नाम कन्टिनम हो।  यस सुविधाका सहयोगले प्रयोगकर्ताहरु जुन कम्प्युटरमा विन्डोज १० प्रयोग गरिरहेका छन् त्यसमा स्वतः विन्डोज १० ले आफ्नो लेआउट परिवर्तन गर्नेछ। यसको अर्थ यदि प्रयोगकर्तासँग टच स्क्रिन डिभाइस छ भने सानो मेनु आफैं ठुलो भएर आउँछ। यदि डेस्कटप कम्प्युटर हो भने मेनु सानो भएर आउने छ।
वेबपेज एडिट
विन्डोज १० को नयाँ ब्राउजर एजको मदतले वेब पेजलाई एडिट गर्न सकिन्छ। नयाँ इङ्किङ टुल्समा रहेका डिजिटल पेन, हाइलाइटनर्स आदीका मदतले वेब पेजमा नोट लेख्न सकिन्छ।
बेटर सर्च
विन्डोज १० मा स्टार्ट स्क्रिनमा रहेको सर्च अझै राम्रो भएको छ। यस सुविधामा प्रयोगकर्ताहरुले सर्च गरेको फाईल वा शब्दलाई विन्डोज १० ले पहिले सिस्टममा खोज्ने छ। यदि सिस्टममा फाईल भेटिएन भने क्लाउड स्टोरेजमा खोज गरिने छ र यदि त्यहाँ पनि भेटिएन भने इन्टरनेटमा खोजिने छ। वेब सर्चका परिणामहरु एक नयाँ पपअप मेनुमा देखिने छन्। ब्राउजर खोलेर सर्च गर्नु पर्ने समस्याबाट अब मुक्ति पाउन सकिन्छ।
माइक्रोसफ्टका विन्डोज १० अपग्रेड गर्नु अगाडि आफ्नो उपकरणको ब्याकअप राख्नेर उपकरण विन्डोज १० राख्ने क्षमताको छ वा छैन भन्ने कुरा हेर्नुपर्छ।
विन्डोज १० का लागि आवश्यक फिचरः
–१ गीगाहर्ज वा सो भन्दा बढीको प्रोसेसर
–१ जीबी र्याम, १६ जीबी हार्ड ड्राइभ (३२ विट संस्करणको लागि)
–२ जीबी र्याम, १६ जीबी हार्ड ड्राइभ (६४ विट संस्करणको लागि)
–ग्राफिक कार्ड WDDM 1.0   ड्राइभर र
–८००×६०० पीक्सेल रिजोलुसनको डिस्प्ले

प्रकाशित : १३ श्रावण २०७२, बुधबार १५:४४