अमेरिकामा एक बोतल पानीको १ करोड ४ लाख ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अमेरिकामा एक बोतल पानीको १ करोड ४ लाख !



एजेन्सी । एक बोतल पानीलाई कतिसम्म पर्ला ? हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ ।

तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘बेवर्ली हिल्स्’ नामक कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ) तोकेको छ, जुन सर्वसाधारण मानिसले किनेर पिउन सक्दैनन् ।

कम्पनिले उत्पादन गरेको महँगो मदिराभन्दा पनि महंगो पर्ने यस पानीलाई संसार कै सबैभन्दा महँगो सौखिन पानी भएको उल्लेख गरेको छ ।

कम्पनिका अनुसार ‘बेवर्ली हिल्स्–९९एच२०’ नाम राखिएको यस पानीको मुल्य बोतलका कारण महँगो भएको हो ।

यस पानीको बोत्तलमा १४ क्यारेट्सको ६०० ओटा हिरा तथा २५० ओटा ब्ल्याक डाइमन्डलाई कालिगढले आकर्षक ढंगले ‘डिजाइन’ गरेकोले नै यस पानीलाई महँगो परेको हो ।

त्यस्तै, पानीको बोतलको बिर्को २४ क्यारेट्सको सुनले बनेको छ भने बोतललाई चारओटा क्रिस्टलको बालाले घेरेको छ ।

अमेरिकी पानी ब्यपारी मार्टिन रैजको पानी बिकाउने कलालाई प्रसिद्ध कालिगढ मारियो पडिल्लाले बोतलको डिजायन गरेर साकार बनाएको कम्पनिले उल्लेख गरेको छ ।

प्रकाशित : १२ आश्विन २०७४, बिहीबार १४:४०