दशैंपछि कुन-कुन कम्पनीले गर्नेछन् शेयर निष्कासन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दशैंपछि कुन-कुन कम्पनीले गर्नेछन् शेयर निष्कासन ?



काठमाडौं । बडादशैंको सार्बजनिक विदाका कारण शेयर बजार सुस्त रहे पनि दशैपछि लगत्तै कारोबारले उचाइ लिने संकेत देखा परेको छ ।

किनकी करिब १६ अर्ब बराबरको सेयर निष्कासन अनुमति माग्दै विभिन्न कम्पनी यतिबेला धितोपत्र बोर्डको प्रक्रियामा छन् ।

१८ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ/एफपीओ) निष्कासनका लागि अनुमति मागेका छन् ।

सबैले अनुमति पाउँदा तीन अर्ब ४१ करोडको सेयर बजारमा आउने छ । तीमध्ये १० वटा संस्था जलविद्युत् क्षेत्रका छन् ।

यी हुन कम्पनी

रसुवागढी हाइड्रो, बुटवल पावर, साञ्जेन, आँखुखोला, गर्जाङ, जोशी, लाफिङ बुद्ध, युनिक हाइडेल, सीईबीडी हाइड्रो, कालिका पावर, युनियन, राधी विद्युत्, सुभम् पावर र पञ्चकन्यामाई नामका जलविद्युत कम्पनी सेयर निष्कासनको प्रक्रियामा छन् ।

यस्तै, प्रिमियर इन्स्योरेन्स र एनएमबी बैंकले थप एफपीओ जारी गर्न लागेका छन् ।

यस्तै, १२ अर्ब ९४ करोडबराबरको हकप्रद सेयर निष्कासनका लागि १८ वटा कम्पनी प्रक्रियामा छन् ।

सिभिल, प्रभु र सिद्धार्थ बैंकले हकप्रद जारी गर्न लागेका हुन् । गुराँस लाइफ, एसियन लाइफ, प्रुडेन्सियल र एभरेस्ट इन्स्योरेन्सले हकप्रद जारी गर्न बोर्डमा अनुमति मागेका छन् ।

विकास बैंकहरुमा सांग्रिला, कर्णाली, सहारा, माउन्ट मकालु, गण्डकी, ग्रिन डेभलपमेन्ट बैंक पनि प्रक्रियामा छन् ।

उत्पादनमुलक समूहबाट श्रीराम सुगर मिल्स हकप्रद जारी गर्ने तयारीमा छ । वित्त कम्पनीहरुमा रिलायन्स, श्रीइन्भेस्टमेन्ट र सेन्ट्रल फाइनान्सले हकप्रद जारी गर्न लागेका छन् ।

दशैंलगत्तै भने चार वटा कम्पनीको सेयर निष्कासन हुँदैछ । ती कम्पनीले सेयर जारी गर्ने मिति तोकेर आव्हान पत्र पनि सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित : १६ आश्विन २०७४, सोमबार १२:०३