नौ वटा कम्पनीको हकप्रद कार्तिक २१ गतेसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नौ वटा कम्पनीको हकप्रद कार्तिक २१ गतेसम्म



काठमाडौं । दशैं लगत्तै सेयर कारोबारमा सुधार देखिन थालेको छ ।

सेयर बजारमा हाल एक बाणिज्य बैंक सहित ९ कम्पनीले चार करोड १८ लाख एक हजार ६८१ कित्ता हकप्रद जारी गरिरहेका छन् ।

जारी भैरहेको हकप्रद भर्ने अन्तिम म्याद छिटोमा असोज २१ गतेदेखि ढिलोमा कार्तिक २१ गतेसम्म रहेको छ ।

सेयर बजारमा चार करोड कित्ता हकप्रद सेयर जारी हुँदा हकप्रद भर्ने रकम सेयर बजारबाट नै बाहिरिने निश्चित छ ।

यसले एक महिनाको अवधिमा चार अर्ब रुपैयाँ रकम सेयर बजारबाट हकप्रद भर्नका लागि नै प्रयोग हुने अवस्था देखिन्छ ।

पछिल्लो समय पूँजी वृद्धिको चटारोमा सबैजसो कम्पनीहरुले हकप्रद सेयर जारी गर्दा सेयर बजारले लाभांशको समयमा समेत अपेक्षित उचाई लिन सकिरहेको छैन ।

असोज मसान्तसम्ममा काबेली विकास बैंक, सिन्धु विकास बैंक, मेगा बैंक र जनरल फाइनान्स कम्पनी गरि चार कम्पनीको हकप्रद सेयर विक्री बन्द हुनेछ भने अन्य पाँच कम्पनीको हकप्रद कार्तिकमा बन्द हुनेछ ।

प्रकाशित : १८ आश्विन २०७४, बुधबार ११:१५