आईफोन एट् प्लसको ब्याट्रिमा समस्या, छानविनको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईफोन एट् प्लसको ब्याट्रिमा समस्या, छानविनको तयारी



काठमाडौं (एजेन्सी) विश्वकै सर्वाधिक महंगो ब्राण्डको रुपमा रहेको एप्पल कम्पनीले पछिल्लो पटक बजारमा ल्याएको आईफोन एट् प्लस मोवाइल फोन फाटेको दृष्यहरु सार्वजनिक भएको छ ।

आईफोन एट् प्लमा यो किसिमको समस्या एकै पटक जापान र ताइवानका प्रयोगकर्ताको मोवाइल सेटमा आएपछि एप्पल कम्पनीले छानविन गर्ने जनाएको छ ।

चार्जमा राखेको मोवाइल सेट विना विष्फोटन अघिल्लो भाग उप्किएको थियो । पाँच दिन अगाडी किनेको सेटको अघिल्लो भाग उप्किएपछि ति प्रयोगकर्ताले आफ्नो सामाजिक संजालवाट घटनालाई सार्वजनिक गरेका थिए ।

जापानका प्रयोगकर्ताको बक्स प्याक अवस्थामै मोवाइलको अघिल्लो भाग फाटेर आएको थियो । जुन घटनालाई उनले ट्विट् मार्फत् देखाएका थिए ।

मोवाइलका जानकारहरुका अनुसार आइफोनको ब्याट्रि पड्किएर यो घटना भएको देखिदैन । तर ब्याट्रि फुल्ने समस्या रहेको कारण अघिल्लो भाग उप्किएको जनाएको छ ।

सामसुङ कम्पनीले पनि गत बर्ष नोट सेभेनलाई अन्तराष्ट्रिय बजारमा ल्याएको लगत्तै ब्याट्रिमा ठुलो समस्याको सामना गर्नु परेको थियो ।

प्रकाशित : १८ आश्विन २०७४, बुधबार ११:२९