स्टक एक्सचेन्ज प्रमुख कार्यकारी अधिकृत को बन्ला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्टक एक्सचेन्ज प्रमुख कार्यकारी अधिकृत को बन्ला ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि ३ जनाको नाम सिफारिस भएको छ ।

अर्थमन्त्रालयले गठन गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले ३ जनाको अन्तिम नामावली सिफारिस गरेको हो

मन्त्रालयको वित्तीय ब्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवालीको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका साउद नेपाल इन्स्यारेन्स कम्पनीका पूर्वमहाप्रबन्धक हुन भने शर्मा प्राध्यापन पेशमा छन् । यस्तै चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली ज्योति विकास बैंकका नायब कार्यकारी प्रमुख हुन् ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १३ जनाले आवेदन दिएका थिए । यी आवेदकमध्येबाट छनोट तथा सिफारिस समितिले ५ जनाको संक्षिप्त नाम यसअघि सार्बजनिक गरेको थियो ।

प्रकाशित : १९ आश्विन २०७४, बिहीबार १७:५१