एसियामा चम्किएको वाइवाइ चाउचाउ सर्वियामा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एसियामा चम्किएको वाइवाइ चाउचाउ सर्वियामा विस्तार



काठमाडौं । युरोपमा विस्तार गरिएको वाइवाइ चाउचाउको उत्पादन अब विधिवत रुपमा अघि बढेको छ ।

सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले आफ्नो देशमा स्थापित वाइवाइ चाउचाउ प्लान्टको उदघाटन गरेका छन् ।

नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी समूहद्धारा उत्पादन गर्दै आएको लोकप्रिय ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा थप विस्तार भएको हो ।

नवनिर्मित प्लान्ट उदघाटनका लागि राष्ट्रपति भुचिस आफै उपस्थित भएर उच्च महत्व दिएको चौधरी समूहको भनाई छ । यसअघि वाइवाइले सर्वियाको रुमास्थित प्लान्टबाट व्यवसायिक उत्पादन शुरु गरेको थियो ।

उक्त अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पुर्याउने विश्वास लिए । वाइवाइले सर्वियाको स्थानीय बजारको रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने पनि बताए ।

सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, प्रवन्ध निर्देशक निर्वाण चौधरी एवं ग्रुपका अधिकारीहरूको उपस्थिति रहेको उदघाटन कार्यक्रममा अध्यक्ष चौधरीले युरोपेली बजारमा वाइवाइ प्रवेशका लागि सर्विया प्रस्थान विन्दू बनेको बताए ।

वाइवाइको विश्वब्यापीकरण अभियानमा यो कोशेढुंगा सावित हुने पनि उनले बताए । एसियामा लोकप्रिय ब्राण्डका रुपमा स्थापित वाइवाइ मध्यपूर्व र अमेरिकामा समेत लोकप्रिय खानाका रुपमा रुचाइँदै आएको चौधरी समूहले काम सुरु भएको १६ महिनाभित्रै प्लान्ट स्थापना गर्न आफूहरु सफल भएको जनाएको छ ।

निर्माण चौधरीले सर्विया अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेको भन्दै गत सेप्टेम्बरदेखि वाइवाइले उक्त प्लान्टबाट व्यवसायिक उत्पादन शुरू गरेको बताए ।

प्रकाशित : १९ आश्विन २०७४, बिहीबार १९:४८