कर्मचारी समायोजन विधेयक पारित, सरकारले खटाएको स्थानमा नगए जागिर स्वतः खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्मचारी समायोजन विधेयक पारित, सरकारले खटाएको स्थानमा नगए जागिर स्वतः खारेज



काठमाडाै । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । बैठकमा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले विधेयकका विशेषताका बारेमा जानकारी गराउँदै संविधानको प्रावधान बमोजिम विधेयकमा कर्मचारी समायोजनको व्यवस्था गरिएकाले विधेयक पारित गर्न आग्रह गरेका थिए ।

विधेयक पास भएसँगै अब कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि सरकारलाई बाटो खुलेको छ ।
अव सरकारले विभिन्न मापदण्डहरुको आधारमा कर्मचारीलाई विभिन्न ठाउँमा समायोजन गर्नेछ । समायोजन नचाहाने कर्मचारीलाई सेवाबाट अवकास लिन सक्ने सुविधा पनि विधेयकले दिएको छ ।

सरकारले खटाएको ठाउँमा ३५ दिन भित्र हाजिर हुन नजाने कर्मचारीको जागिर स्वतः खारेज हुने छ ।

प्रकाशित : २० आश्विन २०७४, शुक्रबार २१:४५