बाढी पीडितलाई सिद्धार्थ इन्सुरेन्सको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बाढी पीडितलाई सिद्धार्थ इन्सुरेन्सको सहयोग



काठमाडाै । सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेड जनकपुरले बाढीका कारण क्षति भोगेको महोत्तरीको एस एम ट्रेडसलाई विमा रकम हस्तान्तरण गरेको छ ।

 

महोत्तरीको जलेश्वर स्थित सेन्चुरी बैंकमा एक कार्यक्रमबा बीच एस एम ट्रेडस जलेश्वरका प्रोपराइटर शुभाष विच्छालाइ इनसुरेन्स कम्पनी जनकपुरका शाखाका प्रवन्ध निर्देशक श्याम कुमार सिंहले ४ लाख ९१ हजारको चेक हस्तान्तरण गर्नु भएको हो।

बाढीका कारण ट्रेडसको समाग्रीमा क्षति पुगेकोले सो चेक हस्तान्तरण गरेको इन्सुरेन्स कम्पनीका प्रवन्ध निर्देशक सिंहले जनाकारी दिनु भयो । कार्यक्रममा बैकका जुनियर अफिसर अनिल क्षेत्री सेन्चुरी बैंकका शाखा प्रवन्धक अजेश मण्डल र स्थानीय राजनीति कर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २१ आश्विन २०७४, शनिबार १२:४३