पुष्प ब्यबसायीले गरे धोबीखोलाको सरसफाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुष्प ब्यबसायीले गरे धोबीखोलाको सरसफाइ



काठमाडौं । फलोरिकल्चर एसोसिएसन नेपाल फयानको अगुवाईमा शनिबार काठमाडौको रुद्रमति नदी (धोबीखोला)को सरसफाई सहित आफैले लगाएका बोट बिरुवाको गोडमेल गरेको छ । आफ्नो रजत महत्वसब मनाउने क्रममा फ्लोरिकल्चर एशोसिएशन नेपालले स्थानिय रुद्रमति सरोकार समाज र वाताबरण संरक्षण अभियानको सहकार्यमा रुद्रमति नदीको रातो पुल कालो पुल र सेतो पुलमा रहेको फोहर सरसफाई गरेको हो ।

गोडमेलका लागि धोबीखोला किनारमा लगाइएका बोट बिरुवा धमाधम काट्न थालेपछि स्थानियहरु छक्क परेका थिए । बिरुवाका गोडमेल गर्न हाँगा काटिएकोे थाहा भएपछि स्थानियहरुनै अभियानमा लागेका थिए ।

दुईवर्ष अघि फयानले रातो पुल देखि कालोपुल सम्म खोलाको किनारमा झन्डै एक हजार फूलका बोट लगाएको थियो । शनिबार सरसफाई गर्ने क्रममा ती फूल विरुवाको काँटछाँट गर्नुको साथै गोलमेड गरेको सरसफाइ अभियानका संयोजक बिश्वमणी पोखरेलले बताए । संस्थाको रजत जयन्ती महोत्सवको अबसर पार्दै सामाजिक उतरदायित्व बोध गरी वातावरण संरक्षण गर्न विभिन्न संघसस्था संग सहकार्य गर्दै आएको बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस हप्ता रातो पुलका स्थानिय संघसस्थासंग सहकार्य गर्दै बोटबिरुवाको गोडमेल र सरसफाइ गरिएको बताए ।

कार्यक्रममा काठमाडौ महानगर पालिका वडा नम्बर ३० का वडा अध्यक्ष्य दलबहादुर कार्कीले रुद्रमति खोलाको ऐतिहासिक महत्व लगायत यसमा पाईने विभिन्न जडिबुटिको स्मरण गराउँदै रुद्रमति खोलालाई पुरानै अवस्थामा फर्काउन आफु लागि पर्ने बताए । हप्ता कुनै न कुनै संघसस्थासंग सहकार्य गरेर नदि सरसफाईमा जुटेका रातोपुल निवासीलाई यस हप्ता फलोरिकल्चर एसोसिएसन नेपाल फयानले बोटबिरुवा गोडमेल र सरसफाइमा साथ दिएको हो ।

रुद्रमति सरसफाईमा स्थानिय टोलबासी राजनैतिक दलका कार्यकर्ता नेपाल सरकारका पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल, पूर्व डिआईजी विज्ञानराज शर्मा लगायतको उपस्थीती रहेको थियो ।

प्रकाशित : २१ आश्विन २०७४, शनिबार २०:३०