रुरल माइक्रोफाइनान्सले १४ करोडको बोनस सेयर र नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

रुरल माइक्रोफाइनान्सले १४ करोडको बोनस सेयर र नगद लाभांश दिने



काठमाडाै । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले आफ्ना सेयरधनीलाई करिब १४ करोड रुपैयाँको बोनस सेयर र नगद लाभांश वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७३/७४ को नाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्न लागिएको हो । शुक्रबार बसेको सञ्चालक समितिको ३०२औं बैठकले यसको निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर निष्कासन तथा नगद लाभांश वितरण हुनेछ । कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशतले हुने आउने ३ करोड ४६ लाख ६ हजार रुपैयाँ बोनस सेयर र १० करोड ३८ लाख १८ हजार रुपैयाँबराबरको नगद लाभांश दिने जनाएको छ ।

कम्पनीले बोनस सेयर जारी तथा नगद लाभांश वितरणको जानकारी नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्च (नेप्से) मा जानकारी गराइसकेको छ ।

प्रकाशित : २१ आश्विन २०७४, शनिबार २०:४२