ट्यांकरमा खड्काको बदमासी, करोडौं असुलेर अनुमति दिएको खुलासा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ट्यांकरमा खड्काको बदमासी, करोडौं असुलेर अनुमति दिएको खुलासा



नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।

खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’ को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका हुन् ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेपछि उनी पदमा रहँदा गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेको छ । खड्काको बर्खास्तपछि निगमका कार्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन । नागरिकमा खबर छ ।

प्रकाशित : २२ आश्विन २०७४, आईतवार ०८:०५