शिवशक्तिलाई कारबाही गर्न आनाकानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शिवशक्तिलाई कारबाही गर्न आनाकानी



काठमाडौं । बाराको जितपुरस्थित शिवशक्ति घिउ उद्योगले उत्पादन गर्ने फेमिली ब्रान्ड खानेतेलमा अखाद्य वस्तु मिसिएको भेटिँदा पनि उक्त उद्योगलाई कारबाही गर्न सम्बन्धित निकायले आनाकानी गरेको पाइएको छ ।

भदौ २७ गते आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हिन संरक्षण विभागको टोलीले उद्योगमै पुगेर त्यहाँ उत्पादित खानेतेल परीक्षण गर्दा त्यसमा अखाद्य वस्तु मिसिएको भेटिएको थियो ।

 

खानेतेलमा अखाद्य वस्तु मिसाएको भेटिएपछि अनुगमन टोलीले खानेतेल उत्पादन गर्ने प्लान्ट तत्काल बन्द गर्न उद्योग प्रशासनलाई लिखित निर्देशन दिँदै कालोबजारीमा थप कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई भनेको थियो ।

अनुगमनमा संलग्न विभागका अधिकृत मोहन पुडासैनीले उद्योगबाट उत्पादित फेमिली ब्रान्ड खानेतेलमा सरकाले तोकेको मापदण्डविपरीत अखाद्य वस्तु मिसिएको भेटिएपछि तत्काल उत्पादन प्लान्ट बन्द गरी उद्योगलाई कालोबारजीमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई पत्र लेखेको जानकारी दिए ।

आजको नागरिक दैनिकका अनुसार, तैपनि उद्योगले उत्पादन जारी राखेको छ । जिल्ला प्रशासनले कारबाही गर्नेतर्फ कदम चालेको छैन ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार ०८:१३