अायो अोम डेभलपमेन्टको हकप्रद, कहाँबाट दिने अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अायो अोम डेभलपमेन्टको हकप्रद, कहाँबाट दिने अावेदन ?



काठमाडौं । ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ को अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद शेयर असोज २३ गते आजदेखि निष्कासन भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ४९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर बिक्री खुल्ला गरेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट रहेको छ ।

केहि समय अघिमात्रै ओम डेभलपमेन्ट बैंकले मनास्लु विकास बैंक लिमिटेडसँग मर्जरमा गएर एकिकृत कारोबार थालेको छ । उक्त मर्जर पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब ६५ करोड, निक्षेप १५ अर्ब ४० करोड रुपैयाँ, कर्जा प्रवाह १३ अर्ब ८० करोड रुपैयाँ तथा ४१ शाखा पुगेको छ ।

राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड चुक्तापूँजी पुर्याउन बैंकले मर्जरपछि ३० प्रतिशत हकप्रद निष्काशन गरेको हो । बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर र चालु आर्थिक बर्षको मुनाफाबाट बोनस बाड्दा बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

बैंकको हकप्रद शेयरमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रदमा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, इटहरी, बिरगञ्ज, नेपालगञ्ज र धनगढी शाखा साथै ओम डेभलपमेन्ट बैंकबाट आवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार १०:५९