नेप्सेको सीइओमा चन्द्रसिंह साउद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेको सीइओमा चन्द्रसिंह साउद



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउदाई नेप्सेको सीइओ नियुक्त गरेको हो । अर्थमन्त्रालयले गठन गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले ३ जनाको अन्तिम नामावली सिफारिस गरेको थियो ।

मन्त्रालयको वित्तीय ब्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवालीको नाम सिफारिस गरेको थियो  ।

सिफारिसमा परेका साउद नेपाल इन्स्यारेन्स कम्पनीका पूर्वमहाप्रबन्धक हुन भने शर्मा प्राध्यापन पेशमा छन् । नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १३ जनाले आवेदन दिएका थिए ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार ०९:०६