“सन्राइज बैंक लिमिटेडको साइकल र्याली सम्पन्न” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

“सन्राइज बैंक लिमिटेडको साइकल र्याली सम्पन्न”



काठमाडौं । सन्राइज बैंक लिमिटेडले आफ्नो दशौैं वार्षिकोत्सवको उपलक्ष्यमा साइकल ¥याली कार्यक्रम आयोजना गरेको छ ।“You and Us, Together for Environment“ भन्ने मुल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रिधारा बाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा बैंकका संचालक समितिका संचालकहरु डा. भोगेन्द्र गँुरागाई , ई.बच्छराज तातेड,  ज्योति कुमार बेगानी, दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत  रत्नराज बज्राचार्यबाट संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेका थिए ।

बैंकद्वारा आयोजित उक्त ¥यालीमा नायब महाप्रबन्धकहरु अाशा राणा अधिकारी,  अपछ कुमार यादब साथै बैंकका कर्मचारीहरु एवं अन्य ग्राहकबर्गहरुको सहभागिता रहेको थियो । बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट सूरु भएको ¥याली चावाहिल, महाराजगंज, कमल पोखरी, कलिका स्थान, न्यूरोड, कालीमाटी, बल्खु, कीर्तिपुर, पाङ्गा, धोबीघाट, पुुल्चोक, गाःबहाल, शंखमुल, तिनकुने, शान्तिनगर, गौशाला हुदैँ पूनः गैह्रिधारामा आएर समापन भएको थियो ।

बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशब्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु आयोजना गर्ने जनाएको छ ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार ११:४७