विद्युतीय भुक्तानी कार्डमा अन्तर्राष्ट्रिय मापदण्ड अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विद्युतीय भुक्तानी कार्डमा अन्तर्राष्ट्रिय मापदण्ड अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले अब देखि विद्युतीय भुक्तानी कार्डमा अन्तर्राष्ट्रिय मापदण्ड अनिवार्यरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत परिपत्र २०७४ संशोधन गर्दै विद्युतीय भुक्तानी कार्डलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनुपर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले भनेको छ, ‘विद्युतीय भुक्तानी कार्ड जारी गर्दा त्यस्ता कार्डहरुमा अन्तर्राष्ट्रियरुपमै स्वीकार्य र प्रचलनमा रहेका सुरक्षात्मक उपाय र विशेषता अनिवार्य रुपमा राख्नुपर्नेछ ।’ नेपाल राष्ट्र बैंक र बैंकिङ कार्यालय तथा इजाजत प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थालाई सम्बोधन गर्दै जारी गरिएको यस निर्देशनसँगै अब उनीहरुले  विद्युतीय कार्डमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका सुरक्षाका उपाय अपनाउनुपर्नेछ । यस अघिको परिपत्रमा विद्युतीय भुक्तानी कार्ड जारी गर्दा कार्डमा अनिवार्य रुपमा रहनुपर्ने सुरक्षा तथा जानकारी सम्बन्धी विवरणका अतिरिक्त कार्डको अग्रभागको तल वायाँ कुनामा अंग्रेजीमा नेपाल तथा पृष्ठभागको तल दाहिने कुनामा कार्ड होल्डरको फोटो राख्नुपर्नेछ भनिएको थियो । अहिले त्यही बुदाँलाई संशोधन गरिएको हो ।
संशोधनसहितको नयाँ व्यवस्था
 

प्रकाशित : २३ आश्विन २०७४, सोमबार १३:०४