नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा जनक बहादुर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा जनक बहादुर अधिकारी



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्ष पदमा जनकबहादुर अधिकारी चयन भएका छन् । कम्पनीको १०६ औं संचालक समितिको बैठकले अधिकारीलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

अधिकारी २०७३ असोज १२ देखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्दै आएको र हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक रहेका छन् । साथै, कम्पनीको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक लगायत, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक-एक जना प्रतिनिधि रहेका छन् ।

हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ३ हजार १८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको NCHL-ECC प्रणाली मार्फत राफसाफ हुँदै आएको छ भने ग्राहकको खाताबाट सिधै भुक्तानी लिन/दिन मिल्ने कम्पनीको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-ECC बाट हाल ६६ बैंक तथा वित्तीय संस्थाहरु मार्फत कारोबार हुँदै आएको छ ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार १५:४४