निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या



काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली लागेर मृत्यु भएको छ । सोमबार नयाँबानेश्वरको खरिबोटमा गौचनमाथि गोली प्रहार भएको थियो । उनको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हो । गौचनमाथि ब्यस्त सडकमै गोली प्रहार भएको हो । प्रहरीका अनुसार उनको टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको बताइएको छ ।

प्रकाशित : २३ आश्विन २०७४, सोमबार १६:२४