एनआईबिएल क्यापिटल र एस क्यापिटलको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईबिएल क्यापिटल र एस क्यापिटलको लाभांश पारित



काठमाडौं ।एनआईबिएल क्यापिटलकाे पाँचौ बार्षिक साधारणसभाले १२२.०४४ प्रतिशत (बोनस र नगद गरि) लाभांश तथा एस क्यापिटलको सातौ बार्षिक सधारण सभाले ५२ प्रतिशत नगद लाभांश मंगलबार पारित गरेका छन् ।

एनआईबिएल क्यापिटलले साधारणा सभाबाट चुक्ता पूँजी १० करोड १५ लाख रुपैयाँको ९७.०४४३ प्रतिशत बराबरको ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २५ प्रतिशत नगद अर्थात दुई करोड ५३ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको छ ।

उता एस क्यापिटलको सातौ बार्षिक साधारण सभाले कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँको ५२ प्रतिशत नगद (तीन करोड ६४ लाख) लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव मंगलबारको सधारण सभाबाट पारित गरेको हो ।

त्यस्तै क्यापिटलको माउ कम्पनी इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार सुरु गरेपछि धितोपत्र बोर्डले दिएको निर्देशन अनुरुप सहायक कम्पनीहरु पनि मर्जरबाट एक हुने प्रस्ताव पारित गरेका छन् । यस सँगै दुबै क्यापिटलको सञ्चालक समितिलाई एक आपसमा मर्जर प्रकृया अगाडि बढाउने अख्तियारी प्राप्त गरेका छन् ।

प्रकाशित : २५ आश्विन २०७४, बुधबार १२:१०