चिलिमे हाइड्रोपावरको साधारण सभा कात्तिक २४ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिलिमे हाइड्रोपावरको साधारण सभा कात्तिक २४ गते



काठमाडौं । चिलिमे हाइड्रोपावरको साधारण सभा कात्तिक २४ गते हुने भएको छ । सभामा कम्पनीले १५% बोनस सेयर र १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । १५% बोनसपछि अधिकृत र जारी पुँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेस गरिदैछ । साधारण सभा नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौंमा कात्तिक २४ गते बिहान ११ बजे सुरु हुनेछ । समग्रमा कम्पनीले गत वर्षको कमाईबाट ५१ करोड ७१ लख ८८ हजार ६७२ रुपैयाँ बोनस र ३४ करोड ४७ लाख ९२ हजार ४४८ रुपैयाँ नगद लाभांसबापत बाँड्नेछ । साधारण सभा गर्न चिलिमेले असोज २७ देखि कात्तिक २४ गतेसम्म बुक क्लोज गर्नेछ । यसआधारमा असोज २६ गतेसम्म कायम सेयरधनीले बोनस र नगद लाभांसको हकदार हुनेछन् । चिलिमेले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९६ करोड ६३ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित : २५ आश्विन २०७४, बुधबार १२:३२