गोदावरी पुष्प प्रदर्शनी शुक्रबारदेखि जावलाखेलमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गोदावरी पुष्प प्रदर्शनी शुक्रबारदेखि जावलाखेलमा



 काठमाडौं ।  फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा दीपावलीको अवसरमा ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ ।

यही असोज २७ गतेदेखि २९ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुने मेलामा पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा तथा पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा अन्तक्र्रिया समेत हुनेछ ।

प्रतियोगितात्मक प्रदर्शनीमा गोदावरी फूल स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्सलाई प्रतिस्पर्धामा सहभागी गराउनका लागि तीन वटा छुट्टै स्टल राखिनेछ ।यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले पुष्प व्यवसायीले उत्पादन गरेका फूललाई आम जनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नका लागि यो प्रदर्शनी गर्न लागेको जानकारी दिए ।

नेपालका लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस् तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस् भन्ने यस मेलाको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारा रहेको मेलामा व्यावसायिक स्टल ४४ वटा, सूचनामूलक स्टल तीन वटा, प्रतिस्पर्धात्मक तीनवटा गरी जम्मा ५० स्टल रहनेछन् ।

नेपालमा पुष्प व्यवसाय यस आर्थिक वर्षसम्म आइपुग्दा लगभग ३९ जिल्लामा ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । सो संस्थाले गत आर्थिक वर्षमा रु एक अर्ब ७१ लाख बराबरको कारोबार गरेको थियो ।

प्रकाशित : २५ आश्विन २०७४, बुधबार १५:३०