आईएमईका सेवाग्राही न्यौपानेलाई १० लाख नगद, गौतमलाई १५ दिनको जीवन बीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईएमईका सेवाग्राही न्यौपानेलाई १० लाख नगद, गौतमलाई १५ दिनको जीवन बीमा



काठमाडौं । ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार आइएमई सेवाग्राही थानेश्वर न्यौपानेले प्राप्त गरेका छन् । उनले कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका थिए । न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा विजेता घोषित भएका हुन् । काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीलगायत आइएमईका उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।

त्यस्तै तेस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । एनले युएईस्थित अल–अहलियाबाट नेपालमा पैसा पठाएका थिए । विजेता गौतम वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको ६ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् । भदौ १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा दैनिक ‘लक्की ड्र’ बाट करिव २ हजार ७ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेको कम्पनीले जानकारी दिएको छ । मङ्सिर ३ गतेसम्म संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छन् ।

प्रकाशित : २५ आश्विन २०७४, बुधबार १७:५९