४ दशमलव ०३ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४ दशमलव ०३ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ ।आज नेप्स ४ दशमलव ०३ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन् । आज कारोबारमा आएका बैँक, ट्रेडिड.र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५४ कमपनीको ८ लाख ९९ हजार ३ सय ३६ कित्ता सेयरबाट ४० करोड ४८ लाख ६ सय १ रुपैयाको कारोबार भएको छ।

बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २१ दशमलव ८ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह ७ दशमलव ०३ अंकले,विकास बैँक समुह ५ दशमलव ४२ अंकले, होटल समुह ४ दशमलव ०८ अंकले र फाइनान्स समुह ३ दशमलव १३ अंकले ओरालो लागेको छ।

बिहिबार सबै भन्दा धेरै अन्य समुहले कमाएको छ। आज अन्य समुह ३० दशमलव ०७ अंकले उकालो लागेको छ । आज बैँक समुह २ दशमलव ०१ अंकले र ट्रेडिड समुह ० दशमलव २५ अंकले उकालो लागेको छ।

प्रकाशित : २६ आश्विन २०७४, बिहीबार १५:२१