इजीलिंक रेमिट्यान्स र कैलाश विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इजीलिंक रेमिट्यान्स र कैलाश विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं। इजीलिंक रेमिट्यान्स र कैलाश विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र अपरेशन प्रमुख सालीकराम दाहाल तथा कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्य संचालन अधिकृत बिमल कुमार तिमिल्सिना र अधिकृत कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरे।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशहरुबाट साथै देशभरी जुनसुकै स्थानहरुबाट इजीलिंक रेमिट्यान्समार्फत पठाएको रकम कैलाश विकास बैंकका देशभरी रहेका ३८ शाखाहरुबाट सजिलै भुक्तानी लिन र सिधै आफ्नो खातामा जम्मा गर्न सकिने भएको छ।

सम्झौतापछि इजीलिंक रेमिट्यान्स मार्फत विदेश तथा स्वदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन सम्झौताले थप सहज बनाउने इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले बताए।

नेपाल राष्ट्रबैंक बाट १ नम्बरको इजाजत प्राप्त रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखि विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आएको छ। इजीलिंकले आन्तरिक विप्रेषण सेवा पनि शुरु गरेको छ ।

आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै निजी कम्पनीसँग रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीब्र पारेको छ । इजीलिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको र यो

सम्झौतासँगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका ४००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए ।

प्रकाशित : २६ आश्विन २०७४, बिहीबार १६:०६