राष्ट्रिय बिमा संस्थानको ४२.११% बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय बिमा संस्थानको ४२.११% बोनस सेयर दिने



काठमाडौं । राष्ट्रिय बिमा संस्थानले बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन भारीमात्रामा बोनस सेयर दिने घोषणा गरेको छ । सरकारी स्वामित्वको यस संस्थानले ४२.११% बोनस सेयर दिने घोषणा गरेको हो । बोनस प्रस्ताव पारित गर्न बिमा संस्थानले कात्तिक १७ गते साधारण सभा बोलाएको छ । संस्थानले अझै धेरै आर्थिक वर्षको लेखापरीक्षण गर्न बाँकी छ । आर्थिक वर्ष २०६३\६४ सम्म कायम १२ करोड ९३ लाख रुपैयाँको आधारमा ४२.११% बोनस सेयर दिने लागिएको बिमा संस्थानले जनाएको छ । यसआधारमा कुल ५ करोड १७ लाख २० हजार रुपैयाँको बोनस सेयर वितरण हुनेछ । संस्थानले २०५८\५९ देखि २०६३\६४ सम्मको लाभांस बितरण गर्न लागेको हो । त्यस्तै, संस्थानले बोनस सेयरमा लाग्ने कर तिर्न २७ लाख २२ हजार १०५ रुपैयाँ नगद लाभांस दिने प्रस्ताव पनि साधारण सभामा पेश गर्दैछ । साधारण सभा संस्थानको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा दिउसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०६३\६४, ०६४\६५ र ०६५\६६ को वासलात, नाफा नोक्सान एवं नगद प्रवाह सम्बन्धमा पनि छलफल हुनेछ । साधारण सभा गर्न संस्थानले कात्तिक १ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा असोज ३१ गतेसम्म मात्र कायम सेयरधनीले यो लाभांस प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २७ आश्विन २०७४, शुक्रबार १२:०७