माछापुच्छ्रे बैंकको नबिकेको हकप्रद सेयर लिलाममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंकको नबिकेको हकप्रद सेयर लिलाममा



काठमाडौं। माछापुच्छ्रे बैंकले नबिकेको संस्थापक तथा सर्बसधारण समुहतर्फको हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले सस्थापक समुहतर्फको २० हजार कित्ता र सर्बसाधारण समुहतर्फको एक लाख ४० हजार कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको हो।

बैंकले गत साउन १ गतेदेखि भदौ ७ गतेसम्म चुक्ता पूँजीको १२ प्रतिशतबाट हुन आउने ७९ लाख १८ हजार कित्ता हकप्रद शेयरको बिक्री खुल्ला गरेको थियो।

बैंकले हकप्रद लिलाम बिक्रीको लागि कार्तिक ५ देखि १३ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान मिति तोकेको छ। बैंकको हकप्रद शेयर शिलबन्दी बोलपत्रको लागि आवेदकले न्युनतम एक सय रुपैयाँदेखि आह्वान गर्न सक्ने बैंकले जनाएको छ। बोलपत्र आवेदन दिँदा संस्थापक समुहतर्फ न्युनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अंकमा हाल कायम रहेको शेयरमा २ प्रतिशतभन्दा बढि नहुने गरि २० हजार दुर्इ कित्तामा नै आवेदन दिन सकिने बैंकले जनाएको छ।

साथै सर्बसधारण समुहतर्फको लागि न्युनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अंकमा बिक्री खुल्ला गरिए बराबरकै लागि आवेदन दिन पाइने बैंकले जनाएको छ। बैंकको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

प्रकाशित : २७ आश्विन २०७४, शुक्रबार १२:३७