ताप्लेजुङ्गमा लक्ष्मी बैंकको नयाँशाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ताप्लेजुङ्गमा लक्ष्मी बैंकको नयाँशाखा



काठमाण्डौ । लक्ष्मी बैंकले बिहीबारदेखि ताप्लेजुङ्गको फुङ्लिङ्गमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।

जिल्लामा बैँकको यो पहिलो शाखा हो । संयुक्त राष्ट्रसंघ पुँजीविकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति–बित्तमा पहँुच”  परियोजनाअन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउने योजनाअन्तर्गत यो शाखा सञ्चालन गरिएको बैंकले जनाएको छ ।

४१ जिल्लामा अब लक्ष्मी बैंकको शाखा सञ्जाल ७२, ३ हस्पिटल सेवा काउन्टर, ९३ एटिएम, २५०० भन्दा धेरै रेमिटेन्स तथा ४०० भन्दा बढी मोबाइल एजेण्टहरु पुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

 

प्रकाशित : २७ आश्विन २०७४, शुक्रबार १३:४२