स्वदेशी लघुवित्तले बोनसपछि १००% हकप्रद निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वदेशी लघुवित्तले बोनसपछि १००% हकप्रद निष्कासन गर्ने



काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५% बोनस सेयरपछि १००% हकप्रद निष्कासन गर्ने भएको छ । स्वदेशीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बोनसपछि कायम हुने चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । हाल यो लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । १५% बोनस सेयरपछि भने चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ हुनेछ । यो पुँजीबाट १००% हकप्रद निष्कासन गरिसकेपछि स्वदेशीको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २९ आश्विन २०७४, आईतवार ११:३२