फाष्ट ट्रयाक बनाउन १ खर्ब ११ अर्ब लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फाष्ट ट्रयाक बनाउन १ खर्ब ११ अर्ब लाग्ने



काठमाडौं । काठमाडौं- तराई फाष्ट ट्रयाक बनाउन १ खर्ब ११ अर्ब लाग्ने बताइएको छ । आइएल एन्ड एफएस नामक भारतीय कम्पनीले उक्त लागतमा परियोजना निर्माण गर्ने विस्तृत प्रतिवेदन पेश गरेको हो ।

एसियाली विकास बैंक (एडिबी)ले यस अघि सन् २००८ मा अध्ययन गर्दा ७५ अर्ब रुपैयाँमा बन्ने देखिएको फाष्ट ट्रयाक एडिबी कै अध्ययनमा सन् २०१४ मा ९६ अर्ब रुपैयाँ सम्पन्न हुने बताइएको थियो । तर अहिले उच्च कोटीको डिजाइन गरिएको हुँदा भारतीय कम्पनीको डिपीआरमा केहि महङ्गो परेको भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिमलेन्द्र निधीले बताए ।

उनले आज संसदको बिकास समिति समक्ष एडिबीले क्लास वान स्तरको सडक डिजाइन गरेको भएपनि अहिले गरिएको डिजाइन त्यो भन्दा अझ माथिल्लो एसियन हाइवे प्राइमरी क्लासको भएका दाबी गरे । त्यस्तै उनले काठमाडौँ देखि निजगढ सम्मनै विद्युतीकरण गर्ने, आकश्मिक उद्धारका लागि सडकका बिभिन्न खण्डमा तीन वटा हेलिप्याड बनाउने समेत बताए ।
आयोजना प्रमुख सतेन्द्र शाक्यले सडकको स्तर बृद्धिसंगै पुलहरुको चौडाइ समेत ठूलो राखेको कारण लागत केहि बढी देखिएको धारणा राखे  ।

कम्पनीले बुझाएको बिस्तृत परियोजना प्रतिवदेन ९डिपिआर० अनुरुप कम्पनीले विभिन्न शीर्षकमा रकम छुट्टाएको छ । जसअन्तर्गत सडक निमार्णमा ३४ अर्ब ५४ करोड २३ लाख छुटुयाइएको छ । त्यस्तै स्टकचर वक्र्सका लागि ३६ अर्ब भन्दा माथिको रकम छुट्याएको कम्पनीले नाली तथा अन्य सुरक्षाका लागि १७ अर्ब ३७ करोड ३७ साख खर्चिने जनाएको छ । १२ अर्ब ७७ करोड भ्याट, १ अर्ब १७ करोड प्रोभिजन खर्च छुट्याएको कम्पनीले ६७ करोड ३७ लाखको विद्युतीकरण गर्ने पिडिआरमा उल्लेख गरेको छ । त्यस्तै टनेलमा ६ अर्ब ८६ करोडको रकम उल्लेख गरेको कम्पनीले फर्निचरका लागि २२ करोड रकम विनियोजन गरेको छ । टोल प्लाजामा ५ अर्ब ८५ करोड खर्चिने उल्लेख गरेको कम्पनीले सबै खर्च जोडेर १ खर्ब ११ अर्बमा सम्पूर्ण परियोजनामा कार्यपुरा गर्ने बताएको छ ।

प्रकाशित : १५ श्रावण २०७२, शुक्रबार ०३:१०