रिलायबल लाइफ इन्स्योरेन्सकाे कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायबल लाइफ इन्स्योरेन्सकाे कारोबार सुरु



काठमाडौं। रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ । अनौपचारिक रुपमा गत भदौ २५ गतेदेखि नै कारोबार गर्दै आएको कम्पनीले औपचारिक कारोबार शुरु गर्दै नयाँ बीमा योजना समेत सार्वजनिक गरेको छ । रिलायबल लाइफले कम्पनी दर्ता भएको दश वर्षपछि कारोबार शुरु गरेको हो ।

साथै कम्पनीले सोही अवसरमा करोडपति बन्ने रिलायबल जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजनामा ४० वर्षसम्म न्यूनतम बीमा शुल्क मासिक ८ हजार ८ सय १७ रुपैयाँ तिरे कम्पनीले एक करोड रुपैयाँ फिर्ता गर्छ । कम्पनीले रिलायबल सावधिक जीवन बीमा योजना, रिलायबल अग्रिम भुक्तानी जीवन बीमा योजना र रिलायवल उच्च शिक्षा जीवन बीमा योजना पनि ल्याएको छ । कम्पनीले रिलायबल अग्रिम भुक्तानी जीवन बीमा योजनको लागि बोनस दर रु ५० प्रतिहजार प्रतिबर्ष प्रस्ताव गरेको छ ।

कम्पनीको चुक्ता पूँजी दुई अर्ब रहेको छ जसमा संस्थापक तर्फ एक अर्ब ४० करोड रुपैयाँ र बाँकी ६० करोड रुपैयाँ सर्वसाधरणका लागि छुट्याएको छ ।

प्रकाशित : ३० आश्विन २०७४, सोमबार १२:०६