४६ दशमलव ६२ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४६ दशमलव ६२ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ४६ दशमलव ६२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको टे«डिड. समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६३ कम्पनीको १४ लाख ५६ हजार ६ सय ३७ कित्ता सेयरबाट ६० करोड ५० लाख ७६ हजार २ सय ४२ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समहु २ सय ६४ दशमलव ७५ अंकले उकालो लागेको छ। आज होटल समुह ७८ दशमलव ०५ अंकले, विकास बैक समुह ५७ दशमलव ३६ अंकले,जलविधुत समुह ५२ दशमलव ५५ अंकले,बैँक समुह ४८ दशमलव ६६ अंकले,फाइनान्स समुह ९ दशमलव ९ अंकले र अन्य समुह ० दशमलव २८ अंकले उकालो लागेको छ।
आज टे«डिड. समुह भने ओरालो लागेको छ। आज टे«डिड. समुह ४ दशमलव २२ अंकले ओरालो लागेको छ।

प्रकाशित : ३० आश्विन २०७४, सोमबार १५:१७