एच एण्ड बि बैंकले गैह्रकानुनी रुपमा १३ करोड भुक्तानी गरेको खुलासा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एच एण्ड बि बैंकले गैह्रकानुनी रुपमा १३ करोड भुक्तानी गरेको खुलासा



काठमाडौं । तत्कालीन एचएण्डबी बैंकमा भएको घोटाला प्रकरणमा भुक्तानी रकम नै गलत देखिएको छ । बैंकको जाहेरीबाट बैंकिङ कसुरसम्बन्धी मुद्धा चलिरहेको र उक्त मुद्दाको फैसला नेपाल सरकारको पक्षमा भएमा गुड फर पेमेन्ट चेकको भुक्तानी माग गर्ने व्यक्ति तथा संस्थाको चेकले खाम्नेबराबरको रकम मात्र भुक्तानी गर्ने, उक्त गुड फर पेमेन्ट चेकहरु बैंकिङ कसुरको मुद्दा चलिरहेका प्रतिवादीहरुको मिलेमतो र षड्यन्त्रबाट खडा गरिएका हुन् भनी यस बैंकले अनुसन्धान तथा जाहेरी दरखास्त नेपाल राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन र नेपाल सरकारबाटै भएको अनुसन्धानले समेत निष्कर्ष निकालेको र सरकार वादी भई मुद्दा समेत दायर मुद्दाको निर्णय समेत विचाराधीन भएको अवस्थामा चेकधारकको मागबमोजिम सबै रकम भुक्तानी दिने हो भने अपराध गर्ने अपराधीको दायित्व परिवर्तन हुनसक्ने र मुद्दामा पनि नकारात्मक असर पर्नसक्ने, एचएण्डबी प्रकरणसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।


निष्पक्ष छानबिनको लागि नेपाल राष्ट्र बैंकले केशव प्रसाद मैनालीको संयोजकत्वमा नवराज ढकाल र बालमुकुन्द ढुंगानासहितको तीन सदस्यीय विशेषज्ञ छानबिन समिति गठन गरेको थियो ।

अदालतको विचाराधीन मुद्दामा पछि हुने निर्णयलाई प्रतिकूल असर नपर्ने बैंकिङ सिस्टम भन्दा बाहिर गएर गरेको अपराधजन्य कामबाट सिर्जित दायित्व संस्थागत बैंकले वहन गर्नुपर्ने दायित्व रहँदैन, प्रतिवेदनमा भनिएको खबर आजको आर्थिक दैनिकमा छापिएको छ ।

प्रकाशित : १५ श्रावण २०७२, शुक्रबार ०३:४६