एलआर्इसी नेपालको ब्राण्ड एम्वेस्डर फुटवलर बिमल घर्तिमगर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एलआर्इसी नेपालको ब्राण्ड एम्वेस्डर फुटवलर बिमल घर्तिमगर



काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआर्इसी) नेपालले कम्पनीको ब्राण्ड एम्वेस्डरमा राष्ट्रिय फुटवल टिमका खेलाडी बिमल घर्तिमगरलार्इ नियुक्त गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि आफ्नो ब्राण्ड एम्वेस्डरमा बिमललाई नियुक्त गरेको हो।
यसैबीच बीमा समितिका अध्यक्ष चिरन्जिबी चापागार्इले कम्पनीको ९ वटा शाखा कार्यालय उद्घाटन गरे। चापागार्इले अनलार्इनमार्फत इलाम, दमक, इटहरी, नयाँ बानेश्वर, कलंकी, बनेपा, नुवाकोट, बैतडी र पाल्पा शाखाको उद्घाटन गरेका हुन्।
 कार्यक्रममा कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत घोष दस्तिखदारले नेपालमा बीमा सचेतनाको कमिरहेको अबस्थामा राष्ट्रिय फुटवल खेलाडी बिमाल घर्तिमगरलार्इ ब्राण्ड एम्वेस्डर बनाएर विज्ञापन सामाग्री बनाउने बताए। कम्पनीले ९ शाखा कार्यालय विस्तार गरेसँगै ४३ शाखा पुगेका छन्। निकट भविष्यमा थप शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको घोषले बताए।

प्रकाशित : ३१ आश्विन २०७४, मंगलवार १४:३०