अनधिकृत कारोबार गर्दै विश्वप्रसिद्ध ब्राण्ड एप्पल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

अनधिकृत कारोबार गर्दै विश्वप्रसिद्ध ब्राण्ड एप्पल



अनधिकृत व्यापार गर्ने चिनकै ठूलो कम्पनि एप्पलका अवैधानिक फ्याक्ट्रीहरुमा छापा मार्ने क्रममा नौ जना पक्राउ परेका छन् । चिनमा उक्त कम्पनिले एप्पलका आइफोनहरु बनाउने गरेको भन्दै फ्याक्ट्रीहरुमा छापा मार्दा आइफोनको नयाँ फोनको लागि दोस्रो दर्जाका समानहरुको प्रयोग भएको थाहा भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उक्त अवैधानिक कार्यमा अन्य सयौँ संलग्न रहेको आशंका गरिएको छ । 

आइफोनका सामानका बारेमा जानकारी लिएर कमसल सामानबाट नक्कली आइफोनको उत्पादन गर्ने क्रम बढेपछि चिनियाँ सरकारले उक्त फ्याक्ट्रीमा छापा मार्दा कम्पनिले उत्पादन गरेको ४१ हजार आइफोनको मोबाइल सेट फेला परेको थियो । ती अवैधानिक फोनहरु १ करोड ९० लाख अमेरिकी डलर बराबरको रकममा उत्पादन गरिएको जनाइएको छ ।

बेइजिङको विभागले उक्त फ्याक्ट्री सञ्चालनमा एक दम्पतिको हात रहेको जनाएको छ । चिनको कुनमिङ सहरमा रहेको उक्त कम्पनिले चार वर्षदेखि एप्पलको उत्पादनको अवैधानिक व्यापार गरेको खुलेको छ ।

चीनका यस्ता अनधिकृत स्मार्टफोनको उत्पादनले राम्रो स्मार्टफोनको गुणस्तरमा समेत प्रश्न चिहन खडा हुन सक्ने बताइएको छ । चिनको बजारमा आइरहेको संकटमा समेत उक्त अवैधानिक व्यापारलाई सहयोगी मानिएको छ ।

एप्पल विश्वकै धेरे व्यापार गर्ने र नाफा कमाउने कम्पनिहरुमध्ये एक भएकाले एप्पलका उत्पादनको नक्कल गरेर आम्दानी लिनेहरुको संख्या बढेको बताइएको छ ।

प्रकाशित : १५ श्रावण २०७२, शुक्रबार ०४:२१