अष्ट्रिचमा रमाँउदै युवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अष्ट्रिचमा रमाँउदै युवा



काठमाडौ  । कैलालीका दईजना युवाले ठुलो लगानीमा व्यावसायीक रुपमा अस्ट्रिच पालन सुरु गरेका छन् । वैदेशिक रोजगारीका लागि दुबई र कोरिया गएका उनीहरुले आफ्नै देशमा केही गर्ने सोच बनाएर संसारको सबैभन्दा ठुलो उड्न नसक्ने अस्ट्रिच चराको व्यावसायिक पालन सुरु गरेका हुन् ।

कैलालकिो धनगढी नगरपालिका–४ त्रिवेणीका २९ वर्षिय सन्तोष देपाल र टीकापरका अनन्त खड्काले रुपन्देही जिल्लाको सुर्यपुरा गाविस–२ मा तीन विघा जग्गा भाडामा लिई अस्ट्रिच चराको व्यवसाय सुरु गरेका हुन् । उनीहरुले  सुरुआतमै १ करोड ३० लाखको लगानीमा सुर्यपुरामा अस्ट्रिचको व्यवसाय थालको बताए । रोजगारको सिलसिलामा सन्तोष ३ वर्ष दुबई र अनन्त ६ वर्ष कोरियामा बसेर आएका हुन्

प्रकाशित : १५ श्रावण २०७२, शुक्रबार ०५:३०