शेयर बजार अनिश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर बजार अनिश्चित



 काठमाडौं । नेप्सेले थप एक साता बजार बन्द गर्ने भएको छ । बजार खुलेपनि केही दिन एक घण्टा मात्रै सेयर कारोबार गर्ने तयारी नेप्सेले गरेको थियो । सिडिएससीका कर्मचारीले कार्यालयमा जान नसक्ने बताएपछि कारोबार रोक्ने निर्ष्कशमा नेप्से पुगेको हो ।

भिूकम्पपछि ठप्प रहेको शेयर बजार यसअघि जेष्ठ ३ गते आइतबारबाट चालु गर्ने तयारी थियो । तर दोस्रो ठुलो भूकम्पले शेयर बजारलाई प्रभावित पारेको हो । ३ साता बितिसक्दा पनि सेयर बजार सञ्चालनमा आउन नसकेपछि कहिलेबाट शेयरबजार खुल्छ भन्ने धेरैलाई अन्यौलता छाएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबारदेखि सेयर कारोबार सञ्चालनमा ल्याउने तयारी गरेपनि सम्भव भएन । सिडिएस एन्ड क्लियरिङ कम्पनी, ब्रोकरहरुलगायतका संस्थाहरु पनि सोही तयारीमा थिए ।  गत वैशाख १२ गतेको महाभूकम्प पछि सेयर बजार बन्द अबस्थामा छ । भवन मर्मत सम्भार भने अन्तिम चरणमा छ ।  भूकम्पबाट सिडिएस एनड क्लियरिङ रहेको भवन, केही धितोपत्र ब्रोकर र सेयर रजिस्ट्रार कार्यालयहरुमा क्षति भएको थियो ।

प्रकाशित : ३ जेष्ठ २०७२, आईतवार १२:२१