० दशमलव ६६ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

० दशमलव ६६ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ० दशमलव ६६ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै समुहले गुमाएका छन्। आज इन्स्योरेन्स,उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १५९ कम्पनीको १४ लाख ३३ हजार ८ सय ४८ कित्ता सेयरबाट ४६ करोड ९९ लाख ५० हजार ५ सय ९४ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै जलविधुत समुहले गुमाएको छ । आज जलविधुत समुह १९ दशमलव ३ अंकले ओरालो लागेको छ। आज होटेल समुह १४ दशमलव ५७ अंकले,विकास बैँक समुह ११ दशमलव ६४ अंकले, बैँक समुह ९ दशमलव २ अंकले , टे«डिड समुह ३ दशमलव २९ अंकले र फाइनान्स समुह १ दशमलव ७८ अंकले ओरालो लागेको छ।
मंगलबार इन्स्योरेन्स , उतपादनमुलक र अन्य समुह भने उकालो लागेको छ। आज सबै भन्दा धेरै अन्य समुहले कमाएको छ। आज अन्य समुह ४१ दशमलव ९३ अंकले उकालो लागेको छ। आज इन्स्योरेन्स २१ दशमलव ९ अंकले र उतपादनमुलक समुह ८ दशमलव ९३ अंकले उकालो लागेको छ।

प्रकाशित : ७ कार्तिक २०७४, मंगलवार १५:२१