नेपाल इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आज बसेको ३१औं बार्षिक साधारण सभाको बैठकले २०७३ ७४ सम्मको संचित मुनाफाबाट २०७४ असार मसान्तमा कायम शेयर पूँजीको १५ प्रतिशत बोनस पारित गरेको हो । त्यस्तै सभाले बैंकको संस्थापक सेयरधनीमा कविकुमार टिवरेवाल, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाण्डे निर्विरोध निर्वाचित गरेका छन् । ४ जना सचुक्ता पूँजी १० अर्ब ६२ करोड पुगेको छ ।

जुन नेपालको निजी बैंकमध्यको सबैभन्दा बढी हो । त्यस्तै सञ्चिति रकम ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बैंकले आव २०७३ /७४ मा ५ अर्ब २४ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । यो अघिल्लो आवको भन्दा २६ दशमलब ७ प्रतिशतले बढी हो । त्यस्तै खुद मुनाफा २२ दशमलब १ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप १५ दशमलब ७ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । बैंकले हाल उपत्यका भित्र र बाहिर गरी ६१ओटा शाखा कार्यलय, ३ एक्सटेन्सन काउन्टर र ९९ ओटा एटिएम पुगेको छ ।

प्रकाशित : ७ कार्तिक २०७४, मंगलवार १४:३०