गुरु न्यौपानेले जफत गरेको जनता बैंकको शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

गुरु न्यौपानेले जफत गरेको जनता बैंकको शेयर लिलामीमा



काठमाडौं । जनता बैंक नेपालले ८५ हजार एक कित्ता शेयर लिलामीमा निष्काशन गर्ने भएको छ । बैंकको तात्कालिन सञ्चालक गुरु न्यौपानेले जफत गरेको शेयर बैंकले लिलामीमा बिक्री गर्न लागेको हो ।

न्यौपानेले आफू बैंकको सञ्चालक छँदा श्रीमतीको नाममा दोस्रो बजारबाट शेयर खरिद गरेको पाएपछि जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

केन्द्रिय बैंकको निर्देशन बमोजिम बैंकले न्यौपानेले श्रीमती सुमित्राका नाममा किनेको ५२ हजार ४७० कित्ता एवं त्यसमा हकप्रद र बोनस थप गरि पुर्याइएको कुल ८५ हजार एक कित्ता शेयर जफत गरेको हो ।

उक्त लिलामी शेयर खरिद गर्न चाहनेले कार्तिक १५ देखि २१ गते सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँ तोकेको छ । उक्त लिलामी शेयरको बिक्रि प्रवन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ ।

प्रकाशित : ८ कार्तिक २०७४, बुधबार ११:०४